घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं ।  स्थानीय बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य  प्रतितोला ३ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ ।
आज  छापावाल सुन प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ  र चाँदी ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ  र चाँदी ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
You might also like

Comments are closed.

Secret Link