क्यान इन्फोटेकको सम्पूर्ण तयारी पुरा, नवीनतम प्रविधिको प्रदर्शनी गरिने

आर्थिक आवाज

पोखार । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेक–२०२० को तयारी पुरा भएको छ । ११औं संस्करणको गण्डकी प्रदेश स्तरीय ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ फागुन ११ देखि १५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्र हुँदैछ । इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने आयोजक संस्था क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी विश्वासले शनिबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

‘कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको हो,’ उनले भने । इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइसिटी कन्फेरेन्स, प्रदेश तथा जिल्ला स्तरका टाइपिङ प्रतियोगिता, आइ.सि.टि वक्तित्व प्रतियोगिता, विद्यालय स्तरीय जिल्ला तथा प्रदेश स्तरीय आइटी क्विज कन्टेस्ट आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । आइ.सि.टि.रोजगारी फर्म वितरण तथा तालिमको व्यवस्था, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी, रोबर्ट प्रर्दशर्नी एवं प्रतियोगिता तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण पनि गरिने उनले बताए ।

jutta mela

यस पटकको क्यान इन्फोटेकको बिशेषता मेड इन नेपाल एक्स्पोजर रहनेछ । यस अन्तर्गत प्रडक्ट र सलुसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडियाको प्रदर्शनी गरिने बताइएको छ । क्यान महासंघले यसका निम्ती सार्वजनिक सूचना निकालेरै यससँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेको सचिव सेवक क्षितिजले बताए । ‘सहभागीहरुलाई क्यान इन्फोटेकमा विभिन्न सुबिधाहरु र उत्कृष्टलाई नेशनल आइसिटी डेको अवसर पारेर पुरस्कृत गरिनेछ,’ उनले भने । क्यान इन्फोटेक अवधि भरि विजनेस टक प्रोग्राम सञ्चालन हुनेछ ।

मेला अवधिभर शिक्षित बेरोजगारहरुलाई लक्षित गरेर आइसिटी क्षेत्रमा रोजगारी फर्म भर्ने व्यवस्था मिलाइएको छ । जस अन्र्तगत हेल्प डेक्स, ग्राफिक्स डिजाईन तथा हार्डवयर एण्ड नेटवर्क सम्वन्धि आवश्यक ज्ञान भएका तर रोजगारको अवसर नभएकाहरुलाई यो अवसर प्रदान गरिएको छ । पोखराको बजारमा प्राविधिक कर्मचारीहरुको अभाव रहेको कारणले यो अभियान अगाडि बढाइएको कार्यक्रम संयोजक घननाथ सापकोटाले बताए । जसमा आवेदकहरुलाई निःशुल्क तालिम प्रदान गरी क्यान महासंघ कास्कीमा आवद्ध रहेका संस्थाहरु तथा अन्य व्यावसायिक संस्थाहरुमा सिफारिस गरिनेछ ।

इन्फोटेकको सम्पूर्ण तयारी पुरा गरेर उद्घाटन कार्यक्रमको तयारीमा आफूहरु जुटेको पूर्व अध्यक्ष तथा उद्घाटन कार्यक्रम संयोजक चण्डीप्रसाद अर्यालले बताए । इन्फोटेकमा आइसिटीसंग सम्बन्धित एक सय वटा रहने स्टल व्यवस्थापन उपसमिति संयोजक युवराज पौडेलले जानकारी दिए । करिव ३५ लाख रुपैयाँ आम्दानी गरी ३० लाख रुपैयाँ खर्च कटाएर ५ लाख रुपैयाँ बचत गर्ने आयोजकको अपेक्षा छ । बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने प्रथम उपाध्यक्ष आसिस गुरुङले जानकारी दिए ।

इन्फोटेकको तयारीका क्रममा क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी ‘विश्वास’ को संयोजकत्वमा ३५ वटा विभिन्न उपसमिति गठन गरिएको छ । सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार इन्फोटेकको तयारीका काम गरिसकेको द्वितीय उपाध्यक्ष विकास भुर्तेलले जानकारी दिए ।

इन्फोटेकमा मुख्य प्रायोजन प्रभु पेले गरेको छ । इन एसोसिएसन विथमा वल्र्डलिंकले साथ दिएको सहसचिव महेन्द्र भुर्तेलले जानकारी दिए । प्लाटिनम स्पोन्सरमा एनसेल, डायमण्ड स्पोन्सरमा जेरक्स, गोल्ड स्पोन्सरमा ब्रर्दश विंथ कास्र्पस्काई र स्मार्टसेल, शिल्भर स्पोन्सरमा भायानेट, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, एस–पावर र एक्सन पोइन्ट नेपाल, नलेज पार्टनरमा निम एकेडेमी, अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, विद्यालय स्तरीय रनिङ सिल्ड आइसिटी क्विज स्पोन्सरमा हिमालयन कम्प्युटर न्युरोड, सेक्युरिटी पार्टनरमा एम.बि. टे«डर्स न्यूरोड पोखरा, फ्रि मेन्टिनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउस, टाइपिङ कम्पिटिसन स्पोन्सरमा पाण्डे कम्प्युटर सप्लायर्स न्यूरोड, आइसिटी स्पिचमा टिपि लिंक नेटर्वक र रोबोर्ट कम्पिटिसनमा कस्मिक कम्प्युटिङ सोलुसन, आइसिटी कन्फरेन्स स्पोन्सरमा जेनेक्स अटोमेसन न्यूरोडले साथ दिएका छन् । हस्पिटालिटी पार्टनरमा योअर च्वाइस रेष्टुरेन्ट, डोर प्राइज स्पोन्सरमा सेगा कम्प्युटर लिंकले साथ दिएका छन् । क्यान इन्फोटेक २०२० ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने आयोजकको विश्वास छ । ब्राण्डिङ, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, कन्फेरेन्स र विभिन्न प्रतियोगिताहरु इन्फोटेकको मुख्य आकर्षण बन्ने अध्यक्ष भण्डारीले बताए ।

पत्रकार सम्मेलनमा क्यान महासंघका अध्यक्ष नवराज कुवँर, प्रदेशका अध्यक्ष तुलसीराम पाण्डे, मुख्य प्रायोजक प्रभू पेका विजय अधिकारी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.