स्काउटमा ३१ दिक्षीत

पोखरा । पोखरामा ६ दिनसम्म चलेको स्काउट तालिममा झण्डै ४ सय युवाहरु दिक्षित भएका छन् । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको आयोजनामा पोखरामा स्वयम्सेवी युवा उत्पादन गर्न आयोजित आधारभुत स्काउट तालिममा ३९१ युवाहरु दिक्षित भएका हुन् । तालिममा सहभागि युवाहरुलाई प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, गण्डकी प्रदेश सांसद राजीव पहारी, नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीलगायतले प्रमाणपत्र प्रदान गरे ।

स्वयम्सेवी युवा उत्पादन गर्न आयोजित तालिममा गण्डकी प्रदेशका प्रत्येक पालिकाबाट प्रतिनिधित्व हुनेगरी स्काउटमा लागेका युवाहरु सहभागि थिए । तालिममा नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य र विपत्तीमा कसरी काम गर्ने भन्नेबारेमा तालिम दिइएको नेपाल स्काउटले जनाएको छ । घर र परिवारमा मात्रै केन्द्रीत युवालाई घरबाट निकालेर समाजसँग जोड्दै म र मेरो परिवार भन्दा माथि उठेर समाज र देशका लागि केहि गरौं भन्ने भावनाको विकास गर्नपनि तालिम गरिएको उनले प्रष्ट्याए । तालिम अनौपचारिक शिक्षा हो,‘उनले भने,‘तालिममा हामीले आफैले आफैलाई कसरी ब्यबस्थापन गर्ने भन्ने सिकायौं,‘एक्लै हुँदा आफैले कसरी पकाउने ? समय ब्यबस्थापन, कामको ब्यबस्थापन कसरी गर्ने भन्नेपनि सिकायौं, आशा छ उनीहरुले घर र समाजमा फर्केर यी सबै लागु गर्नेछन् ।’

तालिममा युवालाई नेतृत्व विकास, व्यक्तित्व विकाससँगै नैतिकवान हुनपनि सिकाएको उनले बताए । तालिममा समाज रुपान्तरणसँगै देश विकासका लागि सामाजिक कार्य गर्नुपर्ने र त्यसका लागि युवाले नेतृत्व कसरी लिने भन्नेबारेमा सिकाइएको उनले बताए । उनका अनुसार तालिममा विपतमा परेकाहरुको उद्धार र उनीहरुको सुरक्षाका लागि अप्नाउनुपर्ने उपायहरुबारेपनि सिकाइएको छ ।

३२÷३२ जनाको ग्रुप बनाएर उनीहरुलाई १ जना कोच लिडर र ५ जना काउन्सिलरसहित ६ जनाको टिमले नेतृत्व गरेको र तालिमका लागि १ सय जना प्रशिक्षक खटिएको नेपाल स्काउटका निर्देशक राम भट्टराइले जानकारी दिए ।

विद्यार्थीलाई दिक्षित गर्दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले दिक्षित विद्यार्थीलाई स्काउटको भावना जनतामा जागृत गराउनका लागि भूमिका खेल्न आग्रह गरे । बिचमा निस्कृय स्काउटले नया नेतृत्व लिएसँगै गति लिएको भन्दै अब स्कुल, कलेज र पालिकाहरुमा स्काउटको संरचना निर्माणमा जुट्न नेतृत्वलाई सुझाव दिए । उनले सरकार र प्रधानमन्त्रीको अठोट ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको बताउँदै यो अठोट पूरा गर्न स्काउटले भूमिका खेल्नुपर्ने बताए ।

तालिम लिएर दिक्षित भएका प्रशिक्षार्थीहरुलाई अन्र्तराष्ट्रिय स्तरको प्रमाणपत्र दिइएको छ । अब दिक्षित भएर गएका प्रशिक्षार्थीहरुले आफू बस्ने पालिकाको स्कुल स्कुलमा पुगेर हप्ताको १ दिन ३२ जनालाई प्रशिक्षण दिनैपर्ने अन्यथा प्रमाणपत्र खारेज हुने नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले जनाएको छ ।

lcci
You might also like

Comments are closed.