पोखराको अमरसिंहचोकमा खुल्यो ‘ग्ल्यामर फेसन कलेक्सन एण्ड बुटिक’

पोखरा । पोखराको अमरसिंहचोकमा ग्ल्यामर फेसन कलेक्सन एण्ड बुटिक सञ्चालनमा आएको छ । फेसन डिजाइनर तथा युवा उद्यमी अपेक्षा थापा बानियाँको लगानीमा बुटिक सञ्चालनमा आएको हो ।

बुधबार एक कार्यक्रमबीच पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव तथा वरिष्ठ सौन्दर्यवीद चिनु गुरुङले बुटिकको उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै गुरुङले कोरोना महामारीको विषम परिस्थितिबीचमा पनि उद्यम यात्रा अगाडि बढाएकामा सञ्चालकलाई शुभकामना ज्ञापन गरिन् ।

पोखरामा फेसन डिजाइन तथा बुटिक आइटमका आकर्षण बढेकाले आफूहरुले लगानी गरेको सञ्चालक थापाले बताइन् । ‘हामीले ग्राहकको चाहना र रुची अनुसारको डिजाइन उपलब्ध गराउँछौं,’ उनले भनिन्, ‘नयाँ नयाँ डिजाइन तथा फेसनमा ग्राहकको शरिर अनुसार सुहाउने कपडा तयार पारिने भएकाले धेरैको आकर्षण बढ्नेमा हामी विश्वस्त छौं ।’

jutta mela

कार्यक्रममा बोल्दै बुटिक एसोसिएसनका अध्यक्ष सुस्मा थापा पाण्डेले बुटिक व्यवसायमा भविष्य राम्रो रहेको धारणा राखिन् । आइएफसी एडभान्स कोर्षका सञ्चालक तथा फेसन इन्स्ट्रक्चर अजिता भण्डारीले फेसन डिजाइनमा देखिएको आकर्षणलाई मध्यनजर गरी व्यवसाय सञ्चालन गर्नुपर्ने बताइन् ।

You might also like

Comments are closed.