नेपाली घरहरुमा आधुनिकता झल्काउँदै गोदरेजको किचन

ग्राहकको रोजाई अनुसार आकर्षक डिजाइनमा सेटिङ गरिने

पोखरा । गोदरेजको किचनसेट अब पोखरामा बिक्रीवितरण सुरु भएको छ । गोदरेज किचनको आधिकारिक बिक्रेता मोडर्न होम्स् पोखरा १० उत्तमचोकबाट यो सेवा उपलब्ध हुनेछ । मोडर्न होम्स गोदरेज इन्टेरियो किचनका लागि कास्की, स्याङ्जा र तनहुँको आधिकारिक बिक्रेता हो ।

ग्राहकको चाहना अनुसारको डिजाइनमा गोदरेजकोे किचनसेट तयार पारिने मोडर्न होम्स्का सञ्चालक अस्वीक कार्कीले जानकारी दिए । ‘ग्राहकले अर्डर गरेपछि घरमै पुगेर किचन नाप्छौं,’ कार्कीले भने, ‘त्यसपछि ग्राहकको चाहना अनुसार किचनको डिजाइन तयार गरी गोदरेज कम्पनीबाटै सेट गरेर किचन मगाउँछौं ।’ सामान्य काठबाट बनाइएको किचन भन्दा गोदरेजको किचनसेट निकै आकर्षक र बलियो हुने कम्पनीको दावी छ ।

कम्पनीबाट आएको किचन सेटलाई दक्ष कामदारहरुले ग्राहकको घरमा लगेर सेटअप गर्ने व्यवस्था मिलाउने कार्कीले जानकारी दिए । फर्निचर, चिम्नी लगायत किचनका लागि आवश्यक पर्ने गोदरेजका सम्पूर्ण सामग्रीहरु आफूहरुले बिक्री गर्ने कार्कीले बताए । गोदरेज इन्टेरियो किचनका लागि नेपालको आधिकारिक आयातकर्ता एस.पि. इन्टेरियो सोलुसन प्रा.लि. बुटवल हो ।

अत्याधुनिक अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग

jutta mela

गोदरेजका इन्टेरियो किचन अत्याधुनिक अन्तर्राष्ट्रिय प्रविधिको प्रयोगबाट बन्ने कम्पनीले जनाएको छ । युरोपियन स्ट्याण्डर्डका किचनहरु नेपाली बजारमा भित्र्याउन आफूहरु सफल रहेको आयातकर्ता एस.पि. इन्टेरियो सोलुसन प्रा.लि. बुटवलका सञ्चालक सुमन केसीले बताए ।

‘युरोपियन देशहरुको स्ट्याण्डर्डमा भित्रिएका किचन सेटले नेपाली घरहरुमा आधुनिकता झल्काउने काम गरेको छ,’ उनले भने, ‘मोडुलर किचनको पहिचान गोदरेज ब्राण्डले दिन सफल छ ।’ वैज्ञानिक तरिकाबाट किचन बनाइने भएकाले वातावरणमैत्री समेत रहेको उनले बताए । ६ प्रकारका अन्तर्राष्ट्रिय प्रविधिबाट गोदरेजको किचन तयार हुने कम्पनीले जनाएको छ ।

नेपाली घरहरुमा आधुनिकता झल्काउँदै गोदरेजको किचन

ग्राहकको रोजाई अनुसार आकर्षक डिजाइनमा सेटिङ गरिने

Gepostet von Arthik Awaj am Montag, 17. August 2020

 

You might also like

Comments are closed.