पोउवा संघबाट श्रीलंकाका महामहिम राजदुत स्वर्णलता पेरेराको स्वागत

पोखरा, २४ वैशाख ।
नेपालका लागि श्रीलंकाका महामहिम राजदुत स्वर्णलता पेरेराले सुन्दर पर्यटकिय नगरी पोखरामा आफ्नो दोस्रो भ्रमण रहेको र पोखरा उद्योग वाणिज्य संघले दिएको आतिथ्यताका लागि आभार व्यक्त गरिन् । । कार्यक्रममा वोल्दै उंहाले नेपाल र श्रीलंका विच सांस्कृतिक, ऐतिहासिक र धार्मीक सम्वन्ध प्रगाढ रहेको र यो सम्वन्ध ६० वर्ष भन्दा पुरानो रहेको बताईन् । नेपाली भिक्षुहरु श्रीलंकामा वुद्ध दर्शन अध्ययन गर्न आउने जानकारी गराउंदै विश्वकै ५५औं स्थानमा पर्ने श्रीलंका पर्यटन, धार्मिक, उच्च शिक्षा,स्वास्थ्य उपचारका लागि उपयुक्त स्थान रहेको हुंदा श्रीलंकामा भ्रमण तथा व्यवसाय लगानीका लागि आग्रह गरिन्।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले श्रीलंकाका महामहिम राजदुत स्वर्णलता पेरेरालाई पोखरामा स्वागत गर्ने अवसर प्राप्त भएकोमा आभार व्यक्त गरे । उहांले नेपाल र श्रीलंका विच रामायण कालदेखि सम्वन्ध रहंदै आएको चर्चा गर्दै नेपालकी छोरी सिताको भारतका युवराज राम संग भएको वैवाहिक सम्वन्ध र श्रीलंकाका महाराज रावणले सिताको अपहरण गरेको प्रसंग राखे । अध्यक्ष पालिखेले भगवान वुद्धको जन्म, वुद्धत्व प्राप्ती र महापरिनिर्वाण प्राप्तीको दिन वुद्ध पुर्णिमालाई विश्व वुद्ध दिवसको रुपमा सूचिकृत गर्ने सम्वन्धमा आवश्यक पहल गर्न महामहिम राजदुतलाई आग्रह गरे ।

कार्यक्रममा नाटा पोखरा च्याप्टरका अध्यक्ष सन्तोष पोखरेलले दुई देश विचको पर्यटन प्रवद्र्धनमा विशेष जोड दिन आग्रह गर्दे भारतवाट लुम्वीनी आउने श्रीलंकाली पर्यटकलाई लुम्वीनी मात्रै नभई वुद्ध धर्मसंग सम्वन्धित अन्य स्थानका साथै नेपालका प्रमुख पर्यटकिय स्थलहरुको पनी भ्रमण गर्ने वातावरण श्रृजना गर्ने सम्वन्धमा आवश्यक पहल गर्न अनुरोध गरे

कार्यक्रम पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले संचालन गरेका थिए ।

You might also like

Comments are closed.