पोखरा । गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या २ हजार ५ सय १४ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६७ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा कास्कीका २० जना, लमजुङका २ जना, बागलुङका ३ जना, स्याङ्जा २२ जना, तनहुंका ७ जना, नवलपरासी पुर्वका १३ जना रहेका छन् ।
कास्कीका संक्रमित मध्य २ जना स्वास्थ्यकर्मी र लमजुङका २ जना रिलायन्स फाइनान्सका कर्मचारी रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
Comments are closed.