लामो दुरीका सार्वजनिक बस र हवाइ उडान असोज १ बाटै चल्ने, भाडादरमा ५० प्रतिशत वृद्धि

काठमाडौं । लामो दुरीका सार्वजनिक बस असोज १ गतेबाटै चल्ने भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठकले असोज १ गतेबाट नै लामो दुरीका बस चल्न दिने निर्णय गरेको सरकार प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

कोभिड १९ को संक्रमण रोकथामका लागि भन्दै ६ महिनादेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालन हुने भएको हो । भाडादरमा ५० प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरिएको छ ।

स्वास्थ्य मापदण्डका पूर्ण पालना गर्ने गरी सार्वजनिक यातायात सञ्चालनमा ल्याउने निर्णयमा सरकार पुगेको हो । हवाई सेवा पनि १ गतेबाटै सञ्चालनमा आउने सरकारले निर्णय गरेको छ ।

 

You might also like

Comments are closed.