काभ्रे पोखरा मिलन समाजको १८औं वार्षिकोत्सव

पोखरा, २ जेठ ।

काभ्रे जिल्ला घर भई हाल पोखरामा बसोवास गर्ने काभ्रेलीहरुको साझा संस्था काभ्रे पोखरा मिलन समाज आजबाट १८ आंै वर्षमा प्रवेश गरेको छ । १८औं वार्षिकोत्सबको अवसरमा समाजले बुधवार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका प्रमुख आतिथी श्री सिद्धिबक्स गण फुलवारी पोखराका गणपति प्रमुख सेनानी मदन थापा क्षेत्रीले पहिलो रक्तदाता समाजका पूर्व अध्यक्ष अर्जुन बञ्जारालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रम औपचारीक समुद्घाटन गरिएको थियो ।उक्त रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन गरिएको छ ।

समाजका अध्यक्ष सुदर्शन न्हुछे प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका पुर्व अध्यक्ष अर्जुन बन्जारा, समाजका पुर्व अध्यक्ष तथा मुनाल सहकारीका अध्यक्ष दुर्गाप्रसाद हुमागाई, समाजका आजिवन सदस्य तथा इन्सेक पोखराका प्रमुख शिव खकुरेल, विशिस्ठ अतिथी डा. बालगोपाल कर्माचार्य , अतिथिहरु डा. कृष्ण गोपाल श्रेष्ठ, अन्तरसमाज महासघका अध्यक्ष दीपेन्द्र राई, भिमसेन दाहाल प्रतिस्ठानकी अध्यक्ष सबिता पौडेल, कार्यक्रम संयोजक कालिप्रसाद मैनाली, प्रथम उपाध्यक्ष रमेश घिमिरे, द्धितिय उपाध्यक्ष अनिल श्रेष्ठ लगायतले बोलेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.