मंगलबार सुनको मूल्यमा भारी गिरावट, १७०० रुपैयाँ घट्यो

काठमाडौं ।  सोमबारको तुलनामा मंगलबार सुनको मूल्य घटेको छ । मंगलबार छापालवाला सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ घटेको छ ।

सोमबार ९७ हजार २ सय रुपैयाँ रहेको छापावाला सुनको मुल्य मंगलबार ९५ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.