व्यवसायीलाई राहतको कार्यक्रम ल्याउन निजी क्षेत्रको माग

पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका व्यवसायीहरु कार्यविधि नै नबन्दा निराश बनेको बताए ।

‘मृत्युपछि ओखतीको काम हुँदैन,’ अध्यक्ष अधिकारीले भने, ‘घोषणाको लागि मात्र कोष बनेको हो भने एउटा कुरा, हैन भने सो कोष तत्काल कार्यान्वयनमा आउनुपर्छ भन्ने पोखरा उद्योग वाणिज्य संघको माग रहेको छ ।’

ढलेका व्यवसाय उठाउन राज्यबाट सहयोगको टेकोे दिइयोस् भन्ने निजी क्षेत्रको माग रहेको बताउँदै उनले नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को मौदिक नीतिमार्फत् घोषणा भएको राहत प्याकेजहरु वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा जोड दिए ।

लकडाउन र निषेधाज्ञा त खुले पनि उद्योग/व्यवसायले गति लिन नसकेको उनको भनाई थियो । अध्यक्ष अधिकारीले कोभिड–१९ ले सृजना गरेको विषतमताकै बीच कतिपय व्यवसायीहरु पलायन भएका तथा धेरैजसो व्यवसायीहरु बैंकबाट लिएको कर्जाको साँवा र ब्याज कसरी बुझाउने भन्ने तनावमा भएको बताए ।

You might also like

Comments are closed.