पोखरा । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बाग्लुङको जैमिनी नगरपालिका वडा नं १ शेराबजारमा बैंकले २४२ औं शाखालाई स्थापना गरेको छ । शाखाको सोमबार एक कार्यक्रमबीच जैमिनी नगरपालिकाका मेयर ईन्द्र राज पौडेलले उद्घाटन गरे ।
गण्डकी प्रादेशिक कार्यालय पोखरा अन्तर्गत रहेको शाखाले उक्त क्षेत्रका जनतालाई बैकिङ तथा बित्तीय सेवा प्रदान गर्नेछ । बैंकको शाखा स्थापना पछि उक्त क्षेत्रका सर्वसाधरणलाई बैंकिङ सुविधा लिन सहज हुने बैंकका प्रदेश प्रमुख ऋषिराम ढकालले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाका उपमेयर लिला राना, स्थानीय जनप्रतिनिधि, समाजसेवी, सर्वसाधरण, ग्राहक लगायतको उपस्थिति रहेको बैंकले जनाएको छ । कोरोनाका कारण सिर्जित विषम परिस्थितिलाई मध्यनजर गरी सामाजिक दुरी कायम गर्दै कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
Comments are closed.