एनएमबिले विस्तार गर्यो एकैदिन २ वटा शाखा

काठमाडौं । एनएमबि बैंकले एकैदिन २ वटा शाखा बिस्तार गरेको छ । बुधबार ललितपुरको ग्वार्को र प्रदेश २ को जितपुर सिमरामा शाखा विस्तार गरेको हो ।

कोभिड १९ को संक्रमण जोखिमलाई मध्यनजर गरी भौतिक दुरी कायम गर्दै शाखा उद्घाटन गरिएको बैंकले जनाएको छ । मंगलबार मात्रै बैंकले पोखराको जिरो किलोमिटरमा शाखा बिस्तार गरेको थियो ।

बैंकको शाखा सञ्जाल १ सय ७६ पुगेको छ । आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनएमबि बैंकले गत ४ वर्षमा ३ पटकसम्म ‘बैंक अफ द इयर’ अवार्ड जित्न सफल छ ।

jutta mela

बैंकले २०२०, १०१८ र २०१७ मा यो अवार्ड जितेको हो । फाइनान्सियल टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनएमबीलाई उत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो ।

You might also like

Comments are closed.