रेडक्रस कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला ब्यबस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट एयर ओभन उपकरण’ खरिद गरी हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा सभापति डण्ड राज शर्मा पौडेललाई उक्त उपकरण हस्तान्तरण गरे । सञ्चालक सिग्देलले प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकरण खरिद गरी गरिमामय संस्थालाई सहयोग गर्न पाउनु खुशीको कुरा रहेको बताए ।

कार्यक्रममा बैंकका पोखरास्थित शाखा कार्यालयका शाखा प्रमुखहरु लगायत नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला तर्फबाट पनि उपसभापतिद्वय धर्मराज अधिकारी र उर्मिला खड्का, कोषाध्यक्ष सन्तोष अधिकारी लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।

jutta mela

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका सभापति डण्ड राज शर्मा पौडेलले बैंकले गरेको सहयोगका लागि धन्यवाद दिंदै भविष्यमा पनि आपसी सहकार्यका लागि अपेक्षा रहेको बताए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) छ ।

 

You might also like

Comments are closed.