काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले संघको विधानअनुसार गठित विभिन्न समिति तथा फोरममा सभापति चयन गरेको छ । महासंघ सचिवालयमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन भएका कार्यकारिणी समिति सदस्यलाई कार्यादेशसहित सभापतिको औपचारिक पत्र हस्तान्तरण गरे ।
जसअनुसार उद्योग समितिमा भरतराज आचार्य, व्यापार समितिमा विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समितिमा डिबी बस्नेत, महिला उद्यमी विकासमा समिति रीता सिंह, स्थल यातायात तथा पारवहन समितिमा प्रकाश सिंह कार्की, कर तथा राजश्व समितिमा सन्दीपकुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा ज्योत्सना श्रेष्ठ, सूचना तथा सञ्चार प्रविधि विकास समितिमा मङ्गेशलाल श्रेष्ठ र बैंक, वित्तीय तथा बीमा समितिमा शाहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ ।
यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एन्ड इनोेभेशन समितिमा रञ्जीतराज आचार्य, स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य र स्वास्थ्य तथा सीप विकास समितिमा हेमराज ढकाल, निर्यात प्रवद्र्धन समितिमा मनिषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खडका, ऊर्जा तथा वातावरण समितिमा गोपाल खनाल र शहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ ।
फोरमतर्फ द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरममा ई देश बन्धु बस्नेत (अजीत), सामाजिक तथा स्वास्थ्य सेवा फोरममा राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरममा आकाश अधिकारी, पूँजी बजार फोरममा अम्बिकाप्रसाद पौड्याल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाएका सबैले निजी क्षेत्रलाई सशक्त ढङ्गबाट अगाडि बढाउने र महासंघको गरिमा उच्च बनाउने कार्यमा परिणाममुखी ढङ्गले निर्वाह गर्ने अपेक्षा गरे । साथै उनले आ–आफ्ना समिति तथा फोरमलाई शीघ्र पूर्णता दिई समिति तथा फोरमका कार्यलाई अगाडि बढाउन शुभकामनासमेत दिएका थिए ।



Comments are closed.