रोटरी क्लब अफ पोखरा न्युरोडको पदस्थापन, सामाजिक काममा अग्रणी बन्ने प्रतिबद्धता

पोखरा, २० असार ।

रोटरी क्लब अफ पोखरा न्युरोडको नवौं पदस्थापन सम्पनन भएको छ । रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर इलेक्ट रोटरियन किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा सहायक गभर्नर रेशम बहादु खत्री एवं प्रदेश सभाका सांसद बिन्दु कुमार थापाको विशेष आथित्यतामा कार्यक्रम भएको हो ।

समारोहमा प्रमुख अतिथि श्रेष्ठले वर्ष २०१८÷१९ का अध्यक्ष पुष्प कमल पौडेललाई सपथ ग्रहण तथा रोटरी वर्ष २०१७।१८ का अध्यक्ष प्रेम प्रसाद शर्माले रोटरी माला तथा पूर्व अध्यक्षहरुले रोटरी क्लबको प्रमाणपत्र, गँग र ग्यावल प्रदान गरी पदस्थापन गराएका थिए ।

पदस्थापन पश्चात अध्यक्ष पौडेलले आफूलाई अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी प्रदान गरेकामा सम्पूर्ण सदस्यप्रति आभार प्रकट गर्दै र क्लबको सञ्चालक समितिको परिचय गराउँदै यस वर्ष गरिने मानवीय सेवाका कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

यसै वर्ष एउटा सामुदायिक विद्यालयमा छात्रा शौचालय तथा क्लबले ग्रहण गरेको महेन्द्र मावि घार्मीको भूकम्पबाट प्रभावित भवनको पुनर्निमाण गर्ने जानकारी गराए । यसै क्रममा क्लबले रोटरीका कार्यक्रमहरु मध्ये वाताबरण तथा शिक्षाको क्षेत्रमा बाबा फाउडेशन नेपाल एवं स्वास्थ्यको क्षेत्रमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरीसँग सम्झौता पत्रमा हस्ताक्षर समेत गरेको छ ।

डिष्ट्रिक्ट एडिशनल सेक्रेटरी तथा क्लबका पूर्व अध्यक्ष एवं रोटरी मोडल भेलेजका संयोजक सुबास सिग्देलले क्लबले अध्ययन गरिरहेको आँटिधर मौजालाई आर्थिक तथा सामुदायिक हिसाबले सबल र समुन्नत बनाउन होम स्टे सञ्चालन परियोजनाको उद्घोष गर्दै यसमा नेपाल सरकारको पर्यटन मन्त्रालयबाट पनि सहयोगको आश्वासन प्राप्त भएको खुलासा गरे ।

उक्त प्रसँगमा आफ्ना भनाई राख्दै विशेष अथिति प्रदेश सभाका सांसद बिन्दु कुमार थापाले प्रदेश सभाले पनि उक्त परियोजनालाई सफल बनाउने कार्य प्रदेश सभा मार्फत पनि प्रारम्भ भैसकेको बताए । प्रमुख अतिथिको मन्तब्यमा श्रेष्ठले रोटरी क्लब अफ पोखरा न्यूरोड नेपाल तथा भुटानका क्लबहरुमा उत्कृष्ट मध्य एक रहेको र यो उचाईलाई कायम राख्नुपर्ने धारणा राख्दै आफू हरपल सहयोग गर्न तत्पर रहेको बताए ।

सोही क्रममा बाबा फाउन्डेशन नेपाल र मण्डला बुक्सको विशेष सहयोगमा क्लबद्वारा प्रदान गरिएको डष्टबिन तथा पुस्तकालयका सामग्रीहरु पर्बत जिल्ला महाशिला गाउँपालिकाका जनविकास मावि, श्री बालारानी मावि, श्री स्वधर्म मावि र श्री विश्वज्योति माविलाई हस्तान्तरण गरिएको थियो । शुभकामना मन्तब्यको क्रममा सहायक गभर्नर रेशम बहादुर खत्री तथा क्लबका संस्थापक अध्यक्ष बि प्रसाद बरालले रोटरी ईन्टरनेशनलका मूल्य र मान्यताहरुको बारेमा प्रकाश पारेका थिए ।

पदस्थापन कार्यत्रमका संयोजक तथा क्लबका पूर्व अध्यक्ष दिलीपराज श्रेष्ठको स्वागत मन्तव्य तथा उपाध्यक्ष सुबर्ण प्रसाद कोइरालाको धन्यबाद ज्ञापन गरेका थिए भने कार्यक्रम सञ्चालन क्लबका सचिव राम बित्रम अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.