नेउवा महासंघ गण्डकी प्रदेशमा अध्यक्षबाहेक सबै पदमा सर्वसम्मत

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशमा अध्यक्ष बाहेक सबै पदमा सर्वसम्मत भएको छ ।

अध्यक्षमा सञ्जिबहादुर कोइराला, हरिओम शर्मा लामिछाने र जयराम भारीको उम्मेदवारी परेको छ । अध्यक्षमा सहमति नभएपछि निर्वाचनको तयारी भइरहेको बताइएको छ ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल (नवलपुर उवासंघ पूर्व अध्यक्ष) सर्वसम्मत निर्वाचित भएका छन् । एसोसिएटतर्फ उपाध्यक्षमा मोतीप्रसाद पौडेल र कोषाध्यक्षमा श्रवणकुमार जोशी सर्वसम्मत भएका छन् ।

सदस्यमा धर्म बस्याल, मंगलप्रसाद श्रेष्ठ, लिलाबहादुर अधिकारी, युवराज राजभण्डारी र उत्तमकुमार कर्माचार्य सर्वसम्मत चयन भएका छन् ।

You might also like

Comments are closed.