पोउवासंघमा पवन सर्वसम्मत नेता !

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा पवन प्रजापती सर्वसम्मत नेता बन्ने भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक गरेका पवनलाई उक्त पदमा दुवै प्यानलले स्वीकार गरेको छ ।

नारायण कोइरालाको प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवारी प्रस्तुत गरेका उनलाई अध्यक्षका प्रत्यासी विन्दु कोइराला सुवेदीको प्यानलले पनि सघाउने घोषणा गरेको छ । ‘हामीले स्वतन्त्र व्यवसायीहरुको टिम बनाएका छौं,’ कोइराला प्यानलका एक सदस्यले भने, ‘वरिष्ठ उपाध्यक्षमा भने पवन प्रजापतीलाई नै सघाउँछौं ।’

संघको महाधिवेशन पुस २४ र २५ गते हुँदैछ । निर्वाचन कार्यक्रम अन्तर्गत १७ गते मनोनयन फारम लिने र १८ गते मनोनयन दर्ता गर्ने कार्यक्रम छ । सम्भवत वरिष्ठ उपाध्यक्षमा पवन प्रजापती सर्वसम्मत चयन हुनेछन् । त्यसका लागि १८ गतेसम्म भने कुर्नपर्नेछ ।

र यो पनि

‘राम्रो प्यानल र सहमतिका लागि अध्यक्ष त्यागेर वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेँ’

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनको लागि सुवेदी प्यानल घोषणा

You might also like

Comments are closed.