काठमाडौं । लायन्स क्लब्सको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटीले उम्मेदवारी दिएका छन्। मंगलबार एक कार्यक्रमबीच उनले उम्मेदवारी दिएका हुन् ।
बुर्लाकोटी अहिले लायन्सको एरिया लिडरको जिम्मेवारीमा छन्। पास्ट मल्टिपल काउन्सिल चियरपर्सन तथा डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पास्ट डिष्ट्रिक्ट गभर्नर हुन् ।
त्यसैगरी लायन्स डिष्ट्रिक्ट ३२५ बि १ आगामी लायन वर्षको गभर्नरका लागि विशेश्वर आचार्यले, फस्ट भाइस गभर्नरमा महेन्द्र पौडेलले र सेकेन्ड भाइस गभर्नरमा मनिश्री रत्न बज्राचार्यले उम्मेदवारी प्रस्तुत गरेका छन् ।
Comments are closed.