काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)को नयाँ कार्यसमितिलाई हाक्ने लक्ष्यसहित बासु नेपालले उम्मेदवारी प्रस्तुत गरेका छन् । उनले फेकन सुधारका लागि प्रतिबद्धतासहित प्यानल सार्वजनिक गरिसकेका छन् ।
शनिबार हुने १०औं वार्षिक साधारणसभा तथा निर्वाचनका लागि उनको प्यानलबाट उपाध्यक्षमा प्रज्वल बस्नेत र हेमन्तराज दुलालले उम्मेदवारी प्रस्तुत गरेका छन् । महासचिवमा विपीन केसी उम्मेदवार बन्दा सचिवमा पृथ्वीबहादुर खाँण र अमित खड्काले तथा कोषाध्यक्षमा अनिल शर्मा पौड्यालले उम्मेदवारी दिदैछन् ।
फेकन कार्यसमिति सदस्यमा राजकुमार शर्मा, दीनेश न्यौपाने, दीपा लामिछाने, सुदेश पोखरेल, राज के. ढकाल, गणेशबहादुर भण्डारीले उम्मेदवारी दिदैछन् ।
यस्तो छ बासु नेपाल प्यानलको प्रतिबद्धता
बासु नेपालको समूहले २४ बुँदै प्रतिबद्धता नै सार्वजनिक गरेको छ । सदस्य कम्पनीहरुको व्यावसायिक हित, समावेशितालाई प्राथमिकतामा राखिने, सरकार तथा राज्यका निकायहरुसँग समन्वय गरी परामर्श क्षेत्रको व्यावसायिक वातावरण सुक्षित गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्ने, सदस्यहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको तालिम तथा सेमिनार गरिने प्रतिबद्धता बासु समूहले र्साजनिक गरेको छ ।
संस्थालाई संघीय संरचनामा लगिने, कोषलाई व्यवस्थित गर्ने, वर्षेनी शैक्षिक मेला गर्ने लगायतका प्रतिबद्धता यो समूहले गरेको छ ।
Comments are closed.