शिवश्री हाइड्रोपावरद्वारा विद्युत उत्पादन सुरु

 

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माण भएको २२ दशमलव २ मेघावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत आयोजनाले उत्पादन सुरु गरेको छ ।

भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले पावरहाउसमा पानी पठाएर शुक्रबार विद्युत उत्पादन शुभारम्भको सुरुवात गरेका हुन् ।

शिवश्री हाइड्रोपावर अन्तर्गत रहेको परियोजनाबाट उत्पादित विद्युत एकसाता भित्र रास्ट्रिय प्रशारणमा लाइन जोडिने प्रवन्ध निर्देशक विष्णु खत्रीले जानकारी दिए ।

You might also like

Comments are closed.