काठमाडौं । फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालद्वारा आयोजित जुत्ता, चप्पल व्यापार मेला तथा प्रदर्शनी जारी छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा माघ २१ गते सुरु भएको मेलाको अवधि थप गरिएको छ । मेला फागुन २० गतेसम्म चल्नेछ । भारी छुटका साथ नेपाली ब्राण्डका जुत्ता, चप्पलहरु बिक्री भईरहेका छन् । मेलामा उपभोक्ताको आकर्षण देखिएको र हालसम्म करिव ४ लाख उपभोक्ताले मेलाको अवलोकन गरेको एसोसिएसनका पूर्व अध्यक्ष तथा मेलाका संयोजक होमनाथ उपाध्यायले बताए । हालसम्म करिव ४ करोड रुपैयाँ बरावरको कारोवार भएको उपाध्यायले जनाकारी दिए ।
स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान उद्घोषका साथ मेला आयोजना गरिएको एसोसिएसनका अध्यक्ष कृष्णकुमार फुयाँलले बताए ।
अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्नसक्ने गरी नेपाली ब्राण्डका जुत्ता, चप्पलहरु बजारमा आउँदा उपभोक्ताहरु आकर्षित हुने गरेको उनले बताए । उत्कृष्ट गुणस्तरका जुत्ता चप्पल नेपालमै उत्पादन भइरहेका छन् भन्ने सन्देश दिन पनि मेला सफल हुने आयोजकको विश्वास छ ।
मेलामा फिटराइट, ल्यान्डवाक, फस्र्टवाक÷आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ, डियर हिल, गोल्डस्टार, बोस सुज, भेनस, किम सुज, शिखर सुज, फुट स्टेप, पिजी, याम्बो सुज लगायतका ब्राण्डका जुत्ता तथा चप्पलहरु बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन् ।
Comments are closed.