बुटवलको ‘होटल दा फ्लेमिंगो’द्वारा सेवा शुभारम्भ

बुटवल । बुटवलको योगिकुटीमा रहेको ‘होटल दा फ्यामिंगो’ले सेवा सुरु गरेको छ । होटलको सफ्ट ओपनिङ शिवरात्रीको दिन बिहीबार बाट भएकोछ । आन्तरिक तथा बाह्य पर्यटकका लागि स्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित होटल सञ्चालनमा आएको हो ।

बुटवल क्षेत्र तथा लुम्बिनी प्रदेशमा हुने सभा, सम्मेलन, सेमिनार तथा पार्टीहरुका लागिसमेत होटल उत्कृष्ट गन्तव्य बन्ने सञ्चालक दिलीप गौचनले विश्वास व्यक्त गरे । ‘हामीले स्तरीय सेवा प्रदान गर्ने गरी होटल सञ्चालनमा ल्याएका छौं,’ उनले भने

होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५१ वटा रुम रहेको महाप्रवन्धक काशीराम अधिकारीले जानकारी दिए । होटलमा ४ सय जना क्षमताको एउटा बैंक्युट हल छ भने २ वटा कन्फरेन्स हल छन् । कन्फरेन्स हल सय जना क्षमताको र ३० जना क्षमताको छन् । होटलमा स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम लगायतको सेवा उपलब्ध छन् । होटलमा पर्याप्त पार्किङको सुविधा छ ।

होटलमा लाफेवा रेष्टुरेन्टमा ७० जनाको क्षमता रहनेछ भने क्याफेट्वान्टी फोरमा कफी, बेकरी आइटमको सुविधा उपलब्ध हुनेछ । भर्टिगो रुफटप बारमा ४० जनाको क्षमता रहेको छ ।

You might also like

Comments are closed.