समृद्धि सहकारीको आयोजनामा रक्तदान, ६१ युनित रगत संकलन

पोखरा । पोखरा महानगरपालिकाको वडा नं. २७ मा रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं स्थापना दिवशको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार आयोजित रक्तदान कार्यक्रममा ६१ युनिट रगत संकलन भएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानवहादुर जि.सीले पहिलो रक्तदाता लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाललाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारंभ गरेका थिए ।

कार्यक्रमको शुभारम्भ गर्दै महानगर प्रमुख जि.सिले पुण्यहरुमा सवैभन्दा उत्तम कार्य रक्तदान भएको उल्लेख गरे । उनले सहकारीहरुले बचत संकलन र बोनस बितरण भन्दा पनि सामाजिक उत्तरदायित्वका क्रियाकलापलाई बढि प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले पोखरामा मिसिएकै कारण लेखनाथको विकास भएन की भनेर हिनतावोध नगर्न समेत लेखनाथवासीलाई आग्रह गरे । उनले नेपालकै सवैभन्दा महङ्गो योजना तालचोक देखी बेगनासतालको सडकको विस्तार हुन लागेको उल्लेख गर्दै, लेखनाथलाई नयाँ शहरका रुपमा विकास गर्ने गरी महानगरले योजना बनाएको उल्लेख गरे । महानगर प्रमुख जि.सीले साविक लेखनाथको जग्गामा एक सय सइयाको महानगर अस्पताल तथा विशिष्ट बाल अस्पताल बनाउने गरी योजना अघि बढाईएको समेत उल्लेख गरे ।

jutta mela

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवं सहकारीका सल्लाहकार बाबुराम गिरीले सहकारीहरुले मुनाफा, वोनस र शेयरसदस्यको हित भन्दा पनि समग्र लगानी क्षेत्रको पहिचान गरी रोजगारीको अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष सुमन भट्टराईले सहकारीहरुले कति प्रतिशत मुनाफा दियो भन्नु भन्दा पनि कुन क्षेत्रमा लगानी गरी दिर्घकालिन रुपमा कस्तो रोजगारीको अवस्था सिर्जना गर्यो भन्नेतर्फ सोच्न जरुरी रहेको उल्लेख गरे । संस्थाका सचिव नवराज तिवारीले संस्थाको बार्षिकोत्सवका अवसरमा आयोजना गरिएका विभिन्न क्रियाकलापका विजयी प्रतियोगितलाई पुरस्कार र मायाको चिनो बितरण गरिएको जानकारी दिए । कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरुले रक्तदान गरेका थिए ।

संस्थाका झण्डै एक सय ७० शेयर सदस्य मार्फत करिव १० करोड रुपैयाको कारोवार गरेका छन् । लेखनाथमा आधुनिक कोल्डस्टोर स्थापना गर्ने उद्देश्य सहित स्थापना भएको सहकारीले सो उद्देश्यका लागि गृहकार्य गरे पनि सफलता भने हात पार्न सकेको छैन ।

You might also like

Comments are closed.