वडा नं ४ का महिलालाई उद्घोषण तालिम

पोखरा, २९ साउन ।

गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहअस्तित्व र सामाजिक न्यायका लागि अब महिलाहरु नेतृत्व क्षमता सहित बाहिर आउनु पर्ने बताएकी छन् ।

महिलाहरुको नेतृत्व तथा ब्यक्तित्व बिकास गर्न सर्वसुलभ सप्लायर्सद्वारा आयोजित २ दिने उद्घोषण तालिम समापन कार्यक्रम बोल्दै उनले पछिल्लो समय महिलाहरु विभिन्न क्षेत्रमा अग्रसर भैरहेको र अझै महिला मैत्री वातावरणको जरुरी रहेको बताईन। उनले तालीमले महिलाहरुमा विषयगत ज्ञान प्रदान गर्ने र आत्मविश्वास बढाउने धारणा राखिन् ।

वडा न ४ का अध्यक्ष शङकर वास्तोलाले महिला ससक्तीकरणका लागि यस्ता तालीम उपयुुक्त हुने धारणा राखे । उनले वडामा महिलालागि बिनियोजित रकम महिलाको समग्र विकासकालागि वडा सधै सहकार्य गरेर अघि बढने तयार रहेकोे बताए ।

पोखरा उद्योग बाणिज्य संघका कार्य समिति सदस्य महिला उधमी गिता तिवारीले हरेक क्षेत्रमा महिलाहरु आफ्नो अधिकार प्रति सचेत हुँदै नेतृत्व बिकास क्षमताका साथ अघि बढन जरुरी रहेको बताईन् ।

सहभागीको तर्फ बाट कल्पना पोख्रेल र सावित्री क्षेत्रीले तालिम प्राप्त गरे पछि तालिम सञ्चालन कसरी गर्ने भाषण कसरी गर्ने भन्ने सैद्धान्तिक र ब्यवहारीक ज्ञान हासिल गर्न सफल भएको धारणा राखे ।

संचारीका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले उद्धोषण र भाषणकलाको बारेमा प्रशिक्षण दिएकि थिइन ।

सोही अवसरमा सर्वसुलभ सप्लायर्सका प्रोपाइटर गंगा थापाले बुढानिलकन्ठ मन्दीर संरक्षणकोलागि समितिका अध्यक्ष श्याम बहादुर कोइरालालाई १ लाख १ हजार १ सय ११ रुपैयाँ
रकम हस्तान्तरण गरेकी थिईन । सो कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगर पालिका वडा न ४ का ३० जना महिलाहरु सहभागिता रहेको थियो ।

गंगा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जनहित महिला समुहका सचिब सावित्री क्षेत्री ले गरेकी थिइन भने संचालन संचारकर्मी कन्चन थापाले गरेकी थिईन ।

lcci
You might also like

Comments are closed.