पोखरा । उद्योगी व्यवसायीहरुका विच भाईचारा र व्यावसायीक एकताको सन्देश दिने उदेश्यले अन्तर संघको भ्रमणमा निस्कीएको नवलपुर जिल्लाको देवचुली उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई शुक्रवार लेखनाथमा स्वागत तथा सम्मान गरिएको छ ।
दुई संघका विचको गतिविधीका बारेमा आ आफना अनुभव साटासाट गर्ने उद्धेश्यका साथ निस्कीएको भ्रमण टोलीका बिच एक आपसका व्यावसायीक अनुभव साटासाट गरिएको हो ।
कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले दुई सस्थाका विच भाइचाराको सम्वन्ध विस्तार गर्दै ब्यवसायीक अनुभव र वजारीकरणको क्षेत्रमा पनि सहकार्य गर्दै अगाडी वढ्न सके दुवै क्षेत्रका उद्योग व्यवसायीहरुमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बावुराम गिरीले लेखनाथ उद्योग वाणिज्य संघका गतिविधी , कार्यगत एकता र यस क्षेत्रका ताल तलैयाँ एवंम पर्यटन विकासका पुर्वाधारका बारेमा जानकारी गराएका थिए ।
सोही अवसरम भम्रण टोेलीका संयोजक तथा देवचुली उद्योग वाणिज्य संघ अध्यक्ष रेशमलाल सापकोटाले कृषिमा आधारीत उद्योग धन्दा संचालनले ब्यवसायीको आय आर्जनमा सहयोग पुग्ने र स्थानिय स्रोत र साधनको प्रयोगले उद्योग कलकारखाना संचालनमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।
सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले भ्रमणले दुई संघका विच भगेनी सम्वन्ध देखि ब्यवसायीक हितका सवालमा साझा अवधारणा स्थापित गर्न सहज हुने विश्वास व्यक्त गरे ।
संघका महासचिव गोपिचन्द्र वास्तोलाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।
Comments are closed.