जनकपुरधाम । जनकपुरधाममा ज्वरोका बिरामीको संख्या वृद्धि हुँदै गएपछि क्लोथ बैंक जनकपुरधामले घर—घरमै परीक्षण कार्य शुरू गरेको छ ।
सोका लागि बैंकद्वारा बिरामीको घरमै पुगेर परीक्षण गर्नका लागि एक जना सहायक चिकित्सक परिचालन गरिएको जनाइएको छ ।
बैंकका अध्यक्ष राजीव झाका अनुसार सहायक चिकित्सकले घरमै गई अक्सिजन लेवल , ज्वरो जाँच्नुका साथै आवश्यक परे अक्सिजन जडानसमेत गर्नेछन् ।
सो बैंकद्वारा सञ्चालित होम आइसोलेसन तथा अक्सिजन बैंक अभियानमा कोरोनाबाट संन्क्रमण भएकाले संख्या ५० पुगेको छ भने बैंकले २७ जना बिरामीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको बताइएको छ ।
Comments are closed.