विश्व बैंक समुह युवा सम्मेलन २०२१ मा युवा वैज्ञानिक बानियाँ नेपाली प्रतिनिधि

काठमाडौँ,

विश्व बैंक समुह युवा सम्मेलन २०२१ को नेपाली प्रतिनिधिमा युवा वैज्ञानिक निश्चल बानियाँ छनौट भएका छन् । दुई दिने उक्त कार्यक्रम भचुर्अल माध्यममा जेठ २६ र २७ गते चल्नेछ ।

यो सम्मलेन विश्व वैंक समुहको सबैभन्दा ठुलो स्वयमसेवीहरुको सँस्था युथ(टु(युथ नेटवर्क सम्बद्ध कार्यक्रम हो । युथ(टु(युथ नेटवर्कले युवाहरुको सशक्तिकरणमा काम गरिरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा युवाहरुले सामना गरिरहेको विभिन्न चुनौतिहरुलाई सम्बोधन गर्न युवाहरुलाई सशक्तिकरण गर्ने, युवाहरुलाई प्रभावकारी परियोजनाहरुमा संलग्न गराउने साथै युवा, विश्व वैँक समुह र अन्य सरोकारवालाहरु बीचको अन्तर्कृया प्रोत्साहन गर्न विश्व बैंक समुहले सन् २०१३ देखि सम्मेलनको आयोजना गर्दै आएको छ। रेजिलियन्ट रिकभरी फर पिपुल एण्ड प्लानेटु नारा सहित आयोजना हुनगइरहेको यस सम्मलेनमा विभिन्न विषयहरुसँग सम्बन्धित सत्रहरु र प्रतिस्पर्धात्मक गतिविधिहरु हुनेछन् ।

सहभागिहरुले जलवायु परिवर्तन सम्बन्धि चुनौतिहरुलाई सम्बोधन गर्नको लागि आवश्यक छलफल गर्ने र विश्व बैंक समुहका विज्ञहरुबाट सम्बन्धित विषयहरुमा परामर्श लिने अवसर पनि पाउनेछन् ।

यस कार्यक्रममा बिश्व बैंक समुहको वरिष्ठ उपाध्यक्ष डा सन्दी ओकोरो, विश्व बैंकका वातावरणीय अर्थशास्त्री डेभिड काकजान, संयुक्त राष्ट्र महासचिवका युवाहरुको लागि दूत जयथ्मा विक्रमनायाके लगायत वक्ताहरुको सहभागिता रहनेछ ।

बानियाँ बाग्मती युनेस्को क्लबका प्रमुख कार्यकारी अधिकृत हुन् । उनले कलबको सिफारिसमा सम्मेलनको सहाभागिताका लागि आवेदन दिएका थिए।

You might also like

Comments are closed.