पोखरा । कोरोना महामारी र निशेधाज्ञाकाबीच परिवर्तन नेपालले विभिन्न सामाजिक काम गर्दै आइरहेको छ । संस्थाले सोमबार पोखरा ९ सुकुम्बासी वस्तीमा रहेका शुभकामना टोल, कृष्ण टोल र गणतन्त्र चोकमा रहेका अति विपन्न परिवार, एकल महिला
, अपांगता भएका व्यक्तीलाई खाद्यान्य सहयोग गरेको छ । ४२ परिवारलाई खाद्यान्य सहयोग गरिएकोे परिवर्तन नेपालका सचिव हरि कार्कीले जानकारी दिए ।
संस्थाले यस अघि पनि पोखरा महानगरपालिका १ कसेरी वस्तीमा पुगेर करिव ४२ परिवारलाई संस्थाले खाद्यान्य वितरण गरेको थियो ।
पहिलो अभियान अन्तर्रगत कोरोना महामारीको बिषयम परिस्थितीलाई मध्यनजर गर्दै निःशुल्क रुपमा स्वाव संकलन तथा स्वास्थ्य परीक्षणको गरिएको संस्थाका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए । संस्थाले पोखरा महानगरपालिका १८ सराङकोट र हेम्जामा स्वाव संकलन तथा स्वास्थ्य परीक्षण पनि गरेको थियो ।
संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी, प्राध्यापक एवं शैक्षिक व्यक्तित्व, इन्जिनियर, व्यवसायी, पर्यटन, कृषि लगायतका क्षेत्रमा आवद्ध व्यक्ति छन् । आवश्यकता अनुसार संस्थाले रचनात्मक तथा सृजनात्मक काम गर्दै आईरहेको बताइएको छ ।







Comments are closed.