जनतालाई खाद्यान्य सहयोग र विकास आयोजना अनुगमन गर्दै सांसद पहारी

पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजिब पहारी कोरोनाका कारण सृजित लकडाउनले  जनताको जीवन कस्टकर बन्दै गएको भन्दै उनीहरुलाई खाद्यान्य सहयोग जुटाउन लागेका छन् ।

आफ्नो निर्बाचन क्षेत्रमा कोरोना नियन्त्रण र संक्रमीत  जनताको   उपचारमा दत्तचित्तले लागेका सांसद पहारीले  पोखरा  २४ स्थित कास्किकोटका बिपन्न र आर्थिक अबस्था कमजोर भएका जनतालाइ सहयोग हस्तान्तरण गरेका हुन्।  शुक्रबार पहारीको समन्वयमा  नमस्ते सामुदायिक प्रतिस्ठान नेपाल र बटरफ्लाई  फाउन्डेसनको  सहयोगमा ४५ परिबारलाइ चामल ,तेल ,तरकारी ,नुन  लगायतका रु एक लाख पचास हजार बराबरको खाद्य सामाग्री प्रदान गरिएको हो।

कोरोना माहामारिका कारण यसको नियन्त्रणका लागि कास्किमा घोषणा गरिएको लकडाउनका कारण श्रमजीवी जनताको जीवन कष्टकर बन्दै गैरहेको बेला दु:खमा सारथि बनेर  सहयोगमा जुटेको उनले  प्रतिक्रिया दिए। उनले जनताको दु:ख आफ्नो दु:ख भएको भन्दै लकडाउनलाइ पुर्ण पालना गरि कोरोना नियन्त्रणमा सहयोगी बन्न आग्रह गर्दै अप्ठ्यारोमा सिधै सम्पर्क गर्न आग्रह समेत गरे।

आफ्नो लागि जनताको जीवन आफ्नो जीवन भन्दा महत्वपूर्ण भएको भन्दै निर्धारित स्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्न आग्रह गरे।
सो अबसरमा पोखरा महानगर वडा न २४ का अध्यक्ष ओम सुबेदिले कठिन परिस्थितिमा साथ दिने नै जीवनकालमा महत्त्वपूर्ण हुने भन्दै सांसद पहारीलाइ धन्यवाद ब्यक्त गरे। सुबेदिले पहारीलाइ दु:खमा साथ दिने कामलाई  निरन्तरता दिदै बिकासलाइ समेत यो अप्ठ्यारो अबस्थामा निरन्तर चासो र खबरदारी गरेको भन्दै पहारीको कार्यको सह्राना समेत गरे। यस लगत्तै साम्सद  पहारीले  पोखराका उप मेयर मन्जुदेबी गुरुङ र प्राबिधिकहरु  सहित उक्त वडामा  संचालित विभिन्न बिकास आयोजनाहरुको निरीक्षण र अनुगमन समेत गरेको उनका स्वकिय सचिब साजन सुबेदिले जानकारी दिए।

You might also like

Comments are closed.