जिल्ला युवा समिति तनहुँको पहलमा म्याग्दे गाउँपालिकामा स्वास्थ्य सामग्री

तनहुँ । राष्ट्रिय युवा परिषद, जिल्ला युवा समिति तनहुँका अध्यक्ष रिता ढकालको विशेष पहलमा तनहुँको म्याग्दे गाउँपालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा बिभाग संगको सहकार्यमा कोभिड बिरुद्धका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएको छ ।

भाईरल ट्रान्सपोर्ट मिडियम ५ सय पिस, डिजिटल थर्मोमिटर ५ पिस, एन्टीजेन किट ५० सेट, पल्स अक्सिमिटर २ पिस, इन्फारेड थर्मोमिटर १ पिस लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, तनहुँका युवा समाजसेवी अमरराज सोति, नेपाल स्काउट म्याग्दे गाउपालिकाका संयोजक रमिन घिमिरे , युवा व्यवसायी इन्जिनियर विबेक पौडेल, इन्जिनियर निर्देश रिमाल लगायत गाउँपालिकाका कर्मचारीहरुको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष मायादेबी राना (आले)लाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामाग्री बुझ्दै प्रमुख मायादेबी रानाले स्वास्थ्य मन्त्रालयमार्फत आफ्नो पालिकामा ल्याउन सहयोग गरेकोमा जिल्ला युवा समिति तनहुँलाई धन्यवाद ज्ञापन गर्दै प्राप्त स्वास्थ्य सामाग्रीहरु पालिकाका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा पुर्याउने प्रतिबद्धता जाहेर गरिन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट पालिकाका नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पुगोस् भन्ने हेतुले मन्त्रालय संग समन्वय गरि पालिका सम्म सामग्री ल्याउन आफुले सहजीकरण गरेको जिल्ला युवा समितिका अध्यक्ष ढकालले जानकारी बताइन् ।

You might also like

Comments are closed.