फाँक्सवैगनको नयाँ पोलो पोखरामा, मूल्य २५ लाख ५० हजार

आर्थिक आवाज

पोखरा । फाँक्सवैगनको नेपालका पोखरा क्षेत्रको आधिकारिक बिक्रेता आउट ड्राइभ इन्टरप्राइज प्रालिले फाँंक्सवैगनको नयाँ मोडलको गाडी पोलो १.० पोखरा क्षेत्रमा भित्र्याएको छ । उक्त गाडीको पोखरामा बुकिङ भइरहेको प्रवन्ध निर्देशक पुनित वैद्यले जानकारी दिए । ९९९ सीसी र ७६ एजपी इन्जिन क्षमता रहेको उक्त गाडी इन्धन बचतमा कोशेढुंगा बन्ने कम्पनीको दावी छ ।

यसअघि नेपाली बजारमा फल्क्सवागन पोलो गाडी १६०० र १२०० सिसीमा उपलब्ध थियो । आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा व्यवस्था भए अनुसार १००० सिसी भन्दा माथिका गाडीमा कर वृद्धि गरिएको छ । नयाँ मोडलको गाडि खरिदले उपभोक्तालाई उक्त कर वृद्धिले कुनै असर नपर्ने कम्पनीको दावी छ । गाडीको बजार मूल्य २६ लाख ९५ हजार रुपैयाँ छ ।

नजिकिदै गरेको नेपालीहरूको महान चाड दशैंको शुभअवसरमा कम्पनीले गाडीको मूल्यमा विशेष छुटको व्यवस्था गरेको छ । जस अनुसार गाडी बुक गर्ने प्रथम सय ग्राहकले २५ लाख ५० हजार रुपैयाँमा गाडी पाउने वैद्यले जानकारी दिए । विशेष छुट सहितको उक्त मोडलको गाडीमा सुरक्षाका विभिन्न व्यवस्था गरिएको कम्पनीको दावी छ । एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडि, पावर विन्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टर सहितको एयर कन्डिसन, पावर स्टरिङ आदि समावेश रहेको बताइएको छ ।

सन् २०११मा नेपालको बजारमा ल्याएको पोलो १.६ ह्याचब्याक गाडी अत्याधिक सफल र दोस्रो बजारमा पनि सबै भन्दा बढी मूल्य पाउने गाडी रहेको कम्पनीको दावी छ । पोलो १.० ले पनि उपभोक्ताहरूबाट उस्तै माया र सद्भाव पाउने कम्पनीले आशा राखेको छ । फाँंक्सवैगन पोलो नियमित मर्मत सम्भारमा लाग्ने खर्चको हिसाबमा सबैभन्दा कम खर्चिलो गाडी रहेको कुरा स्वतन्त्र सर्भे गर्ने सँस्था ईलम कन्सल्टेन्सीले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

‘अध्ययनले फाँक्सवैगन पोलो गाडी अन्य ब्राण्डका सोही समूहका गाडी भन्दा ३० प्रतिशत कम खर्च पर्छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । फाँक्सवैगन पोलो गाडी १५ हजार कि.मी.सम्म निर्धक्क चलाएर सर्भिसिङ गर्न सकिने बताइएको छ । अन्तर्राष्ट्रिय गाडीको व्यापारमा पछिल्ला दुई वर्षमा फाँक्सवैगन अग्र पंक्तिमा रहेको वैद्यले बताए । कम्पनीले सन् २०१७ मा मात्रै १ करोड ४ लाख १३ हजार ३ सय १५ वटा गाडी बिक्री गर्न सफल रहेको बताइन्छ । फाँक्सवैगनको नेपालमा हाल ९ वटा सर्भिस स्टेशन छन् ।

lcci
You might also like

Comments are closed.