पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३३८ औं शृङ्खला शनिबार सम्पन्न भएको छ । कोभिड–१९ को असरमा पनि पोयुसापले समता काव्य सन्ध्यालाइ निरन्तरता दिंदै आएको छ ।
२०८ औ भानुजयन्तीको सन्दर्भमा पोखरेली युवा साँस्कृतिक परिवारले भच्र्युल रुपमा भानुका रचना वाचान कार्यक्रम गरेको थियो ।
कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठान पूर्व कुलपति सरुभक्तले भानुले जस्तो लोकको हित हुने साहित्य लेख्नुपर्ने बताए ।
वर्षको एक दिन असार २९ वा त्यसैको हप्ता सेरोफेरोमा गरीने कार्यक्रमले मात्रै भानुको उचित सम्मान नहुने बताउँदै भानुकाबारेमा अझधेरै गर्न बाँकी रहेको औंल्याए । पोखरा प्रज्ञाप्रतिष्ठानका कुलपति पदमराज ढकालले अमेरिका बसाइमा पनि आँफुले साहित्य,कला र सङ्गीतको उत्थानमा लागी रहेको बताए । कार्यक्रममा सुबिन रिमाल, सुर्दशन पौडेल, सन्ध्या देवकोटा, सुमित्रा रिमाल, शोभा खनाल, रमा खतिवडा, अम्बिका प्रसाद भट्टराई, शिव संकल्प, शिव त्रिपाठी लगाएत कविहरुले भानुका रचनाहरु वाचन गरेका थिए ।
परिवारका साहित्य संयोजक रिता अधिकारीले स्वागत मन्तव गरेकी थिइन् । संस्थाका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन पोयुसापका सचिव डा.चैतन्य अधिकारीले गरेका थिए ।
Comments are closed.