पोखरा । छोटो समयमा नै संख्यात्मक तथा गुणात्मक इतिहास रच्न सफल कलेज हो हिमाल कलेज अफ मेनेजमेन्ट । पोखराको बगालेटोलमा रहेको कलेजले विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक माध्यमबाट शिक्षा प्रदान गरिरहेको छ । सिकाएको सिकाईलाई व्यवहारिक र व्यावसायिक जीवनमा प्रयोग गर्न पनि कलेजले वातावरण सिर्जना गरिरहेको छ ।
गत वर्षको विविएसको रिजल्टमा कलेज गण्डकी प्रदेशमा नै उत्कृष्ट बन्न सफल भएको कलेजका प्रिन्सिपल हरि कार्कीले बताए । ‘व्यवस्थापन विषयका उत्कृष्ट शिक्षक तथा व्यवसायीको लगानी रहेको कलेजमा प्रोजेक्ट बेस अन्तर्गत पढाई हुन्छ,’ उनले भने ।
यसैगरी विद्यार्थीलाई सफल व्यवसायी तथा उद्योगी बनाउने उद्देश्यले विद्यार्थीबाट संचालन हुनेगरी डिपार्टमेन्टल स्टोर्सको संचालन हुनेभएको छ । पोखरामा रहेको शुभ बिहानी डिपार्टमेन्टल स्टोर्ससँग सहकार्य गर्ने बताइएको छ ।
आगामी वर्ष क्रमशः अन्य व्यवसायमा विद्यार्थीलाई संलग्न गराई विद्यार्थीलाई योग्य र सफल व्यवसायी तथा उद्योगी बनाउने उद्देश्य रहेको कलेजका प्रिन्सिपल कार्कीले जनाकारी दिए ।
Comments are closed.