लायन्स क्लब अफ पोखरा पिस सिटीद्वारा वात्स्यायन बृद्धाश्रमलाई खाद्यान्य सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा पिस सिटीले पोखरा १४ बाच्छी बुडुवामा रहेको वात्स्यायन बृद्धाश्रमलाई खाद्यान्य सहयोग गरेको छ । क्लवका अध्यक्ष राजेश रानाभाटको छोरी आरुषी रानाभाटको जन्मदिनको अवसरमा क्लवले खाद्यान्य सहयोग गरेको हो । आश्रममा १४ जना बृद्धबृद्धा आश्रित छन् ।

पछाडी परेको तथा धेरै जना नपुगेको स्थानमा आफुहरुले सहयोग गरेका क्लबका अध्यक्ष राजेश रानाभाटले जानकारी दिए ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष जीवन ढुङ्गाना, प्रथम उपाध्यक्ष हरि अधिकारी, सचिव ज्ञानेन्द्र थापा, कोषाध्यक्ष रवि श्रेष्ठ लगायत सहभागी थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.