लेखनाथ उद्योग वाणिज्य संघको महासचिवमा सुवेदीको उम्मेदवारी

लेखनाथ । युवा व्यवसायी उपेन्द्रराज सुवेदी (राजु)ले लेखनाथ उद्योग वाणिज्य संघको महासचिव पदमा उम्मेदवारी दिएका छन् । यही भदौ १८ र १९ गते हुने संघको १३औं महाधिवेशनका लागि उनले महासचिवमा उम्मेदवारी दिएका हुन् ।

बर्तमान कार्यसमितिमा उपमहासचिव भएर काम गरेका सुवेदीले यस अगाडि संघका विभिन्न पदमा रहेर काम गरिसकेका छन् । आफूलाई अमूल्य मत दिइ विजयी गराउन उनले सम्पूर्ण उद्योगी व्यवसायीलाई अपिलसमेत गरेका छन् ।

श्रीराम काष्ठ उद्योग, श्रीराम युपिभिसी प्रालि, शुभम फर्निचर एण्ड फर्निसिङ सेन्टर, अर्चले एग्रो टुरिजम प्रालि, सप्तगण्डकी आरएमसी लगायतका व्यवसायमा उनको आबद्धता छ ।

नेपाल वन पैदावर गण्डकी प्रदेशको महासचिव भएर काम गरिरहेका उनी लायन्स क्लब अफ लेखनाथका पूर्व अध्यक्ष हुन् । नागरिक परोपकार समन्वय संस्था कास्कीका आर्थिक संयोजक, लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको आजीवन सदस्य, लेखनाथ फर्निचर व्यवसायी संघको सल्लाहकार भएर काम गरिहेका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.