उषा खड्गी
मिस नेपाल २०००, मिस पोखरा १९९९
मिस पोखरा आफैमा एउटा ठूलो ताज हो । यसले बिजेतालाई समाजमा आइडेन्टिटी दिन्छ । समाजमा स्थापित गर्छ । सँगसँगै मिडिया, संघसंस्थालगायत समग्र समाजले नै प्राथमिकता दिन्छ । इन्टरभ्यू लिनेदेखि विभिन्न कार्यक्रममा बोल्ने वक्तामा
पनि प्राथमिकता दिएर बोलाइन्छ ।
मिस पोखरामा जस्तो प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा भाग लिदा प्रतियोगिले धेरै कुरा पाउँछन् । भाषण कलादेखि वक्तृत्व, नेतृत्व, सामाजिक, सांस्कृतिक लगायत सबै खालका ज्ञान पाउँछन् । जसले गर्दा प्रतियोगीले जस्तोसुकै ठाउँमा पनि आफूलाई उभ्यान सक्छन् । युवा अवस्थामा जेपनि गर्न खोज्ने तर नसक्नेबाट माथि उठाएर उसलाई गर्न सक्छु भन्ने आत्मविश्वास जगाउँदै काम गर्ने तिव्र इच्छाशक्ति जगाउँछ । आफूलाई जस्तोसुकै परिस्थितिमा पनि सम्हालिएर अघि बढ्न आत्मविश्वासी बनाउँछ ।
सौन्दर्य प्रतियोगीलाई अहिले सबैतिरबाट सकारात्मक सहयोग मिल्छ । पहिले यस्ता प्रतियोगितालाई एनजिओ, आइएनजिओ, पार्टीलगायतले बिरोध गर्थे । घर परिवारले सहयोग गर्दैनथे भने समाजले पनि नकारात्मक रुपमा लिन्थे । तर अहिले समय परिवर्तन भएको छ । घर परिवारको पूर्ण साथ हुन्छ । कसैले बिरोध पनि गर्दैन । समाजले पनि हार्नु जित्नुमात्र होइन, अनुभव र ज्ञान लिएर समाजमा अघि बढ्न सघाउँछ भन्ने सकारात्मक नजरले हेर्छन् । त्यसैले मिस पोखरा युवतीहरुका लागि भविष्यको ढोका खोल्ने प्लेटफर्म हो ।
मिस पोखरा २०१८ को अन्तिम प्रतिस्पर्धा असोज २० गते शनिबार पोखरा सभागृहमा हुँदैछ ।
Comments are closed.