महसुल संकलन गर्न रिलायन्स फाइनान्समा विलिङ काउन्टर

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्ने क्रममा झापा जिल्ला मेचीनगर नगरपालिकामा रिलायन्स फाइनान्सको चारआली शाखामा विलिङ काउन्टर  संचालन गर्ने सम्झौता गरेको छ ।

चारआली स्थित चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ग्राहकहरुको महसुल संकलन गर्न काउन्टर संचालन गर्न लागिएको हो । यसबाट खानेपानीका उपभोक्ताहरुलाई खानेपानीको महसुल भूक्तानी गर्न सहज हुने विश्वास लिइएको छ । उक्त सम्झौतामा संस्थाका क्षेत्रीय प्रबन्धक जिवन श्रेष्ठ र चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मधुसुदन निरौला, सचिब टंक रिजाल तथा कोषाध्यक्ष कमला लिम्बुको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

नेपाल राष्ट्र बैकबाट ग बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरी मिति २०६६ मंसिर १८ बाट संस्थाको प्रधान कार्यालय का.म.न.पा. २८ प्रदर्शनी मार्गबाट आफनो कारोबार शुरु गर्दै आएको यस संस्थाले काठमाडौंको न्यूरोड, सितापाईला, ललितपुरको ईमाडोल, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा, वेशीशहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापा, गोरखा बजार गोरखा, मणीग्राम रुपन्देही, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरीया, दमक, विर्तामोड, धुलाबारी, टाँडी र भैरहवा शाखा कार्यालयहरूबाट कारोबार गर्दै आएको छ ।

jutta mela

संस्थाले निक्षेप तथा कर्जाका अतिरीक्त सेवाग्राहीलाई Mobile Banking (Reliance Smart App), ATM, Remittance, CASBA, Electronic Cheque Clearing (ECC), IPS , Connect IPS, CorporatePay, SMS Banking, ABBS, SCT MoCo समेतका सेवाहरू प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.