दमकमा गरिमा विकास बैंकको शाखा

आर्थिक आवाज

पोखरा, ११ मंसिर । गरिमा विकास बैंक लिमिटेडले झापाको दमका शाखा कार्यालयको उद्घाटन गरेको छ । शाखा कार्यालयको मंगलबार एक कार्यक्रमका बीच दमक नगरपालिकाका मेयर रामनाथ ओलीले उद्घाटन गरेका हुन् ।

विकास बैंकको दमक शाखा कार्यालयको उद्घाटनसंगै गरिमा विकास बैंक लिमिटेडको प्रदेश नं. १ को झापा, मोरङ र सुनसरीमा ९ वटा शाखा कार्यालय संचालनमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

गरिमा राष्ट्रियस्तरको विकास बैंक हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल काठमाडौंमा ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटिएम सञ्चालनमा छन् ।

विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मीलनचोक, दाङको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङको बेसीशहरमा शाखा कार्यालय खोल्दैछ ।

२०७५ मंसीर १० गतेसम्म विकास बैंकले रु.२४ अर्ब ७५ करोड निक्षेप संकलन गरी २१ अर्ब ५० करोड कर्जा लगानी गरेको छ ।

You might also like

Comments are closed.