काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी युनि क्याम्पस ग्लोबलले ‘एडमिसन विक’ सञ्चालन गर्ने भएको छ । नोभेम्बर १५ देखि २५ सम्म एडमिसन विक सञ्चालन हुने प्रमुख कार्यकारी अधिकृत घनश्याम घिमिरेले जानकारी दिए ।
एडमिसन विकमा सहभागी विद्यार्थीलाई ‘अन स्पट एडमिसन’ र ‘स्कलरसिप एसेसमेन्ट’ सुविधा उपलब्ध हुने बताइएको छ । युनि क्याम्पसको कार्यालय लालुपाते मार्ग पुतलीसडकमा एडमिसन विक सञ्चालन हुनेछ ।
एडमिसन विकमा २५ भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधि प्रत्यक्ष सहभागी हुने बताइएको छ । एडमिसन विकमा सहभागी विद्यार्थीलाई एक/एक गरी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिले परामर्श सेवा प्रदान गर्नेछन् ।
अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई फ्रि प्रोसेसिङ सुविधा उपलब्ध हुने घिमिरेले जानकारी दिए । विकमा सहभागी विद्यार्थीले मुभी टिकट, आयल्स र टिपिइ कक्षामा ६० प्रतिशत छुट लगायत अन्य आकर्षक उपहार प्राप्त गर्नेछन् ।
झण्डै २ दशक लामो अनुभव संगालेको युनि क्याम्पस ग्लोबलमार्फत १० हजार भन्दा बढी विद्यार्थीले भिसा प्राप्त गरिसकेका छन् ।
Comments are closed.