कर्पोरेट ग्रुपसँग सहकार्य बढाउँदै ग्लोबल कलेज इन्टरनेशनल, हामा स्टिलसँग सम्झौता

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल (जिसिआइ) अन्तर्गत स्टुडेन्ट सर्पोट सेन्टर र सेन्टर फर प्रोफेसनल डेभलपमेन्टले हामा स्टिल इन्डिष्ट्रिजसँग सहकार्य गरेको छ । दुई पक्षबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

पाठ्यक्रमलाई कर्पोरेट क्षेत्रसँग जोड्ने उद्देश्यले सम्झौता गरिएको कलेजले जनाएको छ । सम्झौता पश्चात ग्लोबल कलेजका विद्यार्थीले इन्टनर्सिप र प्लेमेन्टको अवसर प्राप्त गर्ने बताइएको छ ।

सम्झौताको उद्देश्य भनेको कलेजका विद्यार्थी तथा पूर्व विद्यार्थीलाई शिक्षा र विकासका क्षेत्रमा सहयोग गर्नुका साथै तालिम, इन्टर्नशिप र करियर डेभलपमेन्टका सम्भावना सहज बनाउन दुवै पक्षबीच रणनीतिक गठबन्धन र सम्वन्ध सृजना गर्नु रहेको बताइएको छ ।

कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाको नेतृत्वमा कलेजका डाइरेक्टर डा. देवराज पनेरु र सिपिडीका डाइरेक्टर डा. अक्षय अरोराले हामा स्टिलका एचआर हेड रमेश ओझासँग सम्झौता गरेका हुन् । यस अगाडि पनि कलेजले विभिन्न कर्पोरेग ग्रुपसँग सहकार्य गरिसकेको छ ।

You might also like

Comments are closed.