भेस्पा र अप्रिलाको नयाँ सर्भिस सेन्टर गहना पोखरीमा

काठमाडौं । भेस्पा र अप्रिलाको लागि नेपालको आधिकारिक बिक्रेता दुगर ब्रदर्स एण्ड सन्स प्रा.लि.ले अत्याधुनिक सर्भिस सेन्टर विस्तार गरेको छ । काठमाडौंको नक्सालस्थित गहना पोखरीमा कम्पनीले ५४औं सर्भिस सेन्टर स्थापना गरेको हो ।

सर्भिस सेन्टरको मंगलबार एक कार्यक्रमबीच कम्पनीका भाइस चियरमेन विवेक दुगर र कम्पनीका भाइस प्रेसिडेन्ट विजय महतोले उद्घाटन गरेका हुन् ।

सर्भिस सेन्टरबाट सर्भिस र स्पेयर्स पार्टसको सम्पूर्ण सेवा प्रदान गरिने भाइस प्रेसिडेन्ट विजय महतोले आर्थिक आवाजलाई जानकारी दिए ।

बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै कम्पनीले सेवा सर्भिस सेन्टर विस्तार गरिरहेको महतोले बताए ।

You might also like

Comments are closed.