काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल (जिसिआइ)अन्तरर्गत स्टुडेन्ट सर्पोट सेन्टर र सेन्टर फर प्रोफेसनल डेभलपमेन्टले क्लाउड टेक सर्भिसेससँग सहकार्य गर्ने सम्झौता गरेको छ ।
सम्झौता पश्चात ग्लोबल कलेजका विद्यार्थीले क्लाउड टेक सर्भिसेजमाइन्टर्नसिप र प्लेमेन्टको अवसर प्राप्त गर्ने कलेजका प्रिन्सिपल डा करणसिंह ठगुन्नाले जानकारी दिए ।
सम्झौताको उद्देश्य भनेको कलेजका विद्यार्थी तथा पूर्व विद्यार्थीलाई शिक्षा र विकासका क्षेत्रमा सहयोग गर्नुका साथै तालिम, इन्टर्नशिप र करियर डेभलपमेन्टका सम्भावना सहज बनाउन दुवै पक्षबीच रणनीतिक गठबन्धन र सम्वन्ध सृजना गर्नु रहेको क्लाउड टेक सर्भिसेजका सिइओ पुकार हमालले जानकारी दिए ।
Comments are closed.