पोखरा फाइनान्स शारदानगरमा

पोखरा, १६ मंसिर

पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले चितवनको भरतपुर म.न.पा. १९, शारदानगरमा नया शाखा सञ्चालनमा ल्याएको छ । शाखाको समुद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङ एवं भरतपुर महानगरपालिकाका उप–प्रमुख पार्वती शाह ठकुरीले संयुक्त रुपमा गरे । कार्यक्रममा वित्तीय संस्थाका कार्यकारी प्रमुखबाट स्वागत एवं अध्यक्ष भुवनसिं गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।

चुक्ता पुँजी रु. ८५.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ५ अर्व ३ करोड तथा कर्जा लगानी रु. ४ अर्व ४२ करोड एवं जगेडा कोषमा रु. २४ करोड ९२ लाख रहेको छ । उक्त शारदानगर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैंकिङ तथा सिआश्वा लगायतका सेवा दिनुका साथै हालै सम्पन्न वित्तीय संस्थाको आ.व. २०७४÷७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४ प्रतिशत मुनाफा वितरण गरिएको कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.