काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ४ सय ३ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षणपछि भएका संक्रमितको संख्या आठ लाख २१ हजार ९ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या ९५ हजार ५ सय ४६ पुगेको छ । पछिल्लो समय थप २ सय ७३ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या आठ लाख २ सय १ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट ६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप छ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या सात हजार ४५ रहेको छ । हाल होमआइसोलेशनमा छ हजार ७ सय १५, संस्थागत आइसोलेशनमा ३ सय ३०, आइसीयूमा १ सय १० र भेन्टिलेटरमा ३८ जनाको उपचार हुँदैछ ।
Comments are closed.