सराङकोट सहकारीद्वारा विद्यार्थीलाई पोशाक वितरण

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी सस्थाको १५ औ बार्षिक उत्सवको अवसर पारी सामाजिक कायक्रम अन्र्तगत विद्यार्थीहरुलाइ पोशाक बितरण गरीएको छ ।

शुक्रबारदेखि सुरु भएको सामाजिक उत्तरदायित्तव कार्यक्रम मा तेस्रो दिन पोखराको नवप्रभात मा. वि. र महेन्द्र मा. वि. का विधार्थीहरुलाइ विधालय पोशाक वितरण गरीएको हो । २०६३ मा स्थापना भएको सहकारीले रेडियो सराङकोट प्रशारणसंगै बचत तथा ऋण मार्फत कुल ५३ करोडको करोवार गदै आएकोे छ ।

सदस्य सेवा मुखी आर्थिक कारोवार संगै विविध सामाजिक शिक्षा ,स्वास्थय , वातावरण मैत्री कार्यक्रमहरु को साथमा आम समुदायमुखी कार्यक्रमलाई प्राथामितामा राख्दै आएको संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
,
यस वर्षलाई शिक्षा र स्वास्थय का लागी रत्तदान ,स्टार डाईग्नोष्टिक सेन्टरको सहकार्यमा २५ गते शनिवार होलबडी रगत परिक्षण सेवा कार्यक्रम गर्न लागिएको ब्यवस्थापक सुरेन्द्र थापाले बताए ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापत्विमा भएको कार्यक्रममा नवप्रभात मा.वि का प्राचार्य माया कुमारी थापा सहायक प्राचार्य पदम लाल वास्तोला, महेन्द्र मा. वि.का प्राचार्य रामदत्त पौडेल , सुर्य प्रसाद ढकाल संस्थाका सल्लाहकार इन्द्र कमल मानन्धर , रेडियो सराङकोटका निर्देशक शिव बहादुर थापा सहकारी संचालक बुद्ध गुभाजु कार्यक्रम संयोजक विकल पौडेल, शिक्षा समिति सदस्य ज्ञानेन्द्र मर्सानी ब्यवस्थापक सुरेन्द्र थापा लगायतले आफ्नो भनाई राखेका थिए । संस्थाले २५ गते आम समुदायलाई रत्तदान तथा होलबडी रगत परिक्षणमा उपस्थित हुन सबैमा अनुरोध गरेको छ ।

lcci
You might also like

Comments are closed.