अधिकृत विक्रेता संघ तनहुँमा थापा निर्वाचित

मंसिर १७ ,तनहुँ ।
अधिकृत विक्रेता संघ तनहुँको ५औं साधारणसभा तथा तेस्रो अधिवेशन सोमबार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले लिल बहादुर थापालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
संघको प्रथम उपाध्यक्षमा हरि खड्का, द्धितिय उपाध्यक्षमा सरोज भण्डारी, सचिवमा हर्षमान श्रेष्ठ, कोषाध्यक्षमा लालप्रसाद प्रधान, सहसचिवमा केदार अधिकारी निर्वाचित भएका छन् । त्यस्तै गरी सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, चन्दन श्रेष्ठ, सुजन श्रेष्ठ, बन्धुराज पराजुली, मोतिलाल श्रेष्ठ, सन्जीव श्रेष्ठ र राजाराम शर्मा निर्वाचित भएको संघले जनाएको छ ।
त्यस त्यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल वितरक महासंघका संस्थापक अध्यक्ष गोविन्द प्रसाद कर्माचार्यले नेपालको अर्थतन्त्रमा अधिकृत विजेताको भुमिका महत्वपूर्ण रहेको बताए । उनले व्यवसाय संचालनमा धरै चुनौती आइपर्ने हुनाले चुनौती सामना गर्न व्यवसायी बीच एकताको खाँचो औंल्याए । कार्यक्रम वितरक महासंघका प्रथम उपाध्यक्ष सुरेश अधिकारी, महासचिव हरिराज पन्थ, पोखरा वितरक संघका उपाध्यक्ष अनिल श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, दमौली बजार एकाइका उपाध्यक्ष सुकनारायण मल्ल, तनहुँ यातायत व्यवसायी संघका अध्यक्ष गोविन्द पन्थ, संघका सल्लाहकार मंगलप्रसाद श्रेष्ठ लगायतले व्यवसायीको समस्या र समाधानका बारेमा आ–आफ्नो भनाइ धारण राखेका थिए । । कार्यक्रम अधिकृत विक्रेता संघ तनहुँका अध्यक्ष मनोज अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । हाल अधिकृत विक्रेता संघ तनहुँमा ५० जना व्यवसायी आबद्ध छन् ।

You might also like

Comments are closed.