काठमाडौं । ईन्लाईटिन इन्टरनेशनल एजुकेसन प्रा.लि स्थापनाको १४औं वर्ष प्रवेश गरेको छ । ‘Helping Realise your Dreams’ स्लोगनसहित ९ डिसेम्बर २००९ मा स्थापना भएको इन्लाइटनले बिहीबार १३ औं वार्षिकोत्सव मनाएको हो ।
काठमाडौंको बागबजारमा प्रधान कार्यालय रहेको ईन्लाईटिनले विश्वभर २१५ भन्दा बढी देशका College/Universities हरुसँग सम्बन्धन लिई नेपालमा बुटवल, चितवन, पोखरामा रिजनल कार्यालयहरु संचालन गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई बिगत १३ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको इन्लाइटन नेपालको प्रशिद्ध शैक्षिक परामर्शदातृ संस्था मध्येमा पर्छ ।
अध्यक्ष दीपकराज भुषालले वार्षिकोत्सवको अवसरमा संस्थाले विद्यार्थी, अभिभावक, कर्मचारी, बिजनेस एसोसिएट तथा सम्पूर्ण शुभचिन्तकमा आभार तथा कृतज्ञता व्यक्त गरेका छन् ।
अष्ट्रेलिया, जापान, क्यानडा, युके, न्युजिल्याण्ड, युएसए र इण्डिया जाने विद्यार्थीलाई संस्थाले परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । ईन्लाईटिन ईन्टरनेसनल एजुकेसन प्रा. लि.ले आफ्नो १३ औ स्थापनाको अवसर पारेर December महिना भरि आफ्ना सेवाहरु IELTS, Japanese Language / Abroad Studies र Processing मा ५० प्रतिशत छुटको ब्यवस्था गरेको कार्यकारी निर्देशक सीता भट्टराईले जानकारी दिइन् ।
ईन्लाईटिनले विद्यार्थी अध्ययन गर्नजाने देशमा त्यहाँको वातावरण, हावापानी, शिक्षा प्रणाली, छात्रवृत्ति, सम्बन्धित देशको अन्तर्राष्ट्रिय विद्यार्थीहरुले पालना गर्नु पर्ने निति, नियम, कलेज, विश्वविद्यालयका Fee Structure, भर्ना प्रक्रिया, Part Time Jobको जानकारी लगायतका विषयमा परामर्श एवम ति मुलुकमा जान चाहने विद्यार्थीको भिजा प्रक्रियामा चाहिने आवश्यक कागजपत्रको लागि गाईड गर्दै आईरहेको छ ।
दक्ष तथा अनुभवि एवम TITI, ICEF, QEAC, BC, CCEA, USATC, ISANA जस्ता कोर्ष गरेका Certified Counselors हरुद्वारा उच्च शिक्षा हाँसिल गर्न चाहने विद्यार्थीलाई निरन्तर मार्गनिर्देशन गरिरहेका छन् । विद्यार्थी अध्ययन गर्न जाने देशमा उच्च शिक्षा हासिल गर्न समन्वय छ कि छैन, Part time Job को अवस्था कस्तो छ , नेपालमा के कस्ता तयारीहरु गर्ने, पढिसकेपछि काम गर्ने अवसर के छ, डिपेन्डेन्ट भिसाको अवस्था, Business Visa, Permanent Resident Visa लगायतका अवस्थाको बारेमा सत्य तथ्यमा आधारित जानकारीहरु ईन्लाईटिनले गराउदै आएको छ ।
Comments are closed.