बिहिबार थप १ सय ८४ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सार्वजनिक गरेको बुलेटिनमा ११ हजार १८ जनामा कोरोना परीक्षण गर्दा १ सय ८४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय संक्रमित संख्या नेपालमा पाँच हजार ५ सय २६ पुगेको छ ।

पछिल्लो समय थप २ सय ६७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको संख्या आठ लाख आठ हजार ८३ पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी संक्रमण भएको जिल्ला काठमाडौं र ललितपुर रहेका छन् । दुई सय भन्दा बढी सक्रंमित भएका जिल्लाहरूमा सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलाली रहेका छन् ।

यस्तै शून्य संक्रमित भएका जिल्ला मनाङ, डोल्पा, हुम्ला र बाजुरा रहेका छन् । नेपालमा संक्रमण दर १७.४ प्रतिशत रहेको छ । हाल होमआइसोलेशनमा पाँच हजार २ सय ४७, संस्थागत आइसोलेशनमा २ सय ७९ आइसीयूमा १ सय ११ र भेन्टिलेटरमा २८ जनाको उपचार हुँदैछ ।

कोरोनाबाट दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ६७ पुगेको छ । त्यसैगरी पछिल्लो समय दुई लाख ४० हजार ५ सय ६४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड १७ लाख सात हजार १ सय ३४ जनाले र पूर्ण मात्रा ९४ लाख ६८ हजार ४ सय ८९ जनाले खोप लगाएका छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.