ह्युस्टन एजुकेसन पोखरामा ‘इन्फरमेसन एण्ड एजुकेसन एसिसमेन्ट सेसन’ हुँदै

पोखरा । ह्युस्टन एजुकेसन पोखराको आयोजनामा ‘इन्फरमेसन एण्ड एजुकेसन एसिसमेन्ट सेसन’ हुने भएको छ । डिसेम्बर २३ (पुस ८) बिहीबार ह्युस्टन एजुकेसनको कार्यालय बिपिचोकमा सेसन हुने सञ्चालक पवित्रा थापा मगरले जानकारी दिइन् ।

सेसनमा विद्यार्थीलाई अन स्पट एडमिसन गाइडेन्स पनि गरिने बताइएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी सेसन आयोजना गरिएको हो ।

अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिल्याण्ड लगायतका देशमा जान चाहने विद्यार्थीलाई परामर्श लगायतका सेवा ह्युस्टन एजुकेसनले प्रदान गर्दै आइरहेको छ ।

‘विद्यार्थीलाई उच्च शिक्षाका लागि कुनैपनि देश पठाउनुअघि हामीले विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकलाई राम्रोसँग अन्तर्राष्ट्रिय शिक्षा, लाग्ने खर्च, जाने प्रक्रिया, अध्ययनपछि पाइने अवसर आवश्यक पर्ने लगायतबारे परामर्श दिन्छौं,’ थापाले भनिन् ।

lcci
You might also like

Comments are closed.